काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु नभएको बताएका छन् । उनले प्रशारण लाइन जीर्ण भएकाले फेर्नका लागि तीन दिनको लागि तालिका निकालिएकोमा गलत प्रचार भएको बताए ।
कार्यकारी निर्देशक शाक्यले मर्मत गर्नुपर्ने भएकाले सिचाइँको लोड रातीमात्रै प्रयोग गर्ने हिसाबले सूचना सार्वजनिक गरिएको बताए । ‘चनौली भन्ने ठाउँमा भरतपुरबाट गएको वितरण लाईनको तार जीर्ण भएको हुनाले त्यसलाई फेर्नुपर्ने । त्यो फेर्ने क्रममा त्यहाँको फिडरहरुमा आज, भोलि र पर्सीसम्म लोड घटाउन, सिचाईँको लोड रातीमात्रै गर्ने भनेर त्यो हिसाबले गरिएको हो,’– उनले भने ।
सूचनामा लोडसेडिङ भन्ने हिसाबले जबरजस्ती त्यसलाई लाद्न खोजिएको उनको भनाइ छ । उनले कुनै गलत नियतका साथ उक्त सूचनाको प्रचार गरिएको बताए ।
