चाक्सीबारीमा कांग्रेसका ७ नेताहरूको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको भावी सभापतिको रुपमा आफूलाई प्रस्तुत गरेका नेता प्रकाशमान सिंहले सक्रियता बढाएका छन् । हाल नेपाल सरकारको उपप्रधान एवम् सहरी विकासमन्त्रीको ज्म्मिेवारीमा रहेका नेता सिंहले आफ्नो नेतृत्वमा नयाँ समूह बनाउनेगरि सक्रियता बढाएका छन् ।

अहिले ठमेलको चाक्सीबारीमा रहेको आफ्नो निवासमा नेताहरुको बैठक राखेका छन् । उक्त छलफलमा नेताहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र डा. प्रकाशशरण महत सहभागी छन् । अहिले कांग्रेसमा ७ भाइहरुको छुट्टै समूह बनेको छ ।

सिंहले हालै राससको एक अन्तर्वार्तामा देशभरिका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफूलाई भावी सभापतिको रुपमा हेर्न चाहेको भनेर नेतृत्वमा दाबी पेश गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *