काठमाडौं । चाँदीको मूल्यले उच्च रेकर्ड काएम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ कायम भएको छ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च हो। मंगलबार प्रतितोला चाँदी ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनको भाउ पनि आज सामान्य बढेको छ। आज सुनको मूल्य मंगलबारको तुलनामा २०० रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी संघका अनुसार बुधबार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार १ हजार रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
