काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले घुस अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएरमात्रै नपुग्ने बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गुप्ताको सांसद पद नै खारेज गरिनुपर्ने बताएका हुन् ।
‘भर्खरै मन्त्रीबाट राजीनामा दिएको सुन्नमा आएको छ । उहाँ दोषी हुनु्हुन्छ भने मन्त्रीबाट राजीनामा होइन, सांसद पद नै खारेज गर्नुपर्छ । जनताले सांसद र मन्त्रीलाई घुस खानको लागि नियुक्त गरेका होइनन्,’– उनले भने ।
