घुस डील प्रकरणः पूर्वमन्त्री गुप्तालाई अख्तियारले बयानका लागि बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्तालाई बयानको लागि बोलाएको छ । ७८ लाख घुस डील गरेको अडियो सार्वजनिक भएपछि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिएका थिए । पूर्वमन्त्री गुप्तालाई अख्तियारले हाजिर हुनका लागि भोलिसम्मको समय दिएको छ ।

जिल्ला मालपोत कार्यालय कांस्कीको प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउनका लागि २५ लाख गरी गुप्ताले विचौलियासँग ७८ लाखको घुस डील गरेको अडियो बाहिरिएको थियो । अडिओ बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दवाबमा उनले पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *