काठमाडौं । चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न रास्वपाको मुख्यालय ‘घण्टीघर’ पुगेकी छिन् । रास्वपाले अहिले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै त्यसको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ ।
धेरै ख्याँति कमाएका कलाकारहरुले यसअघि नै हस्ताक्षर अभियानमा सरिक भएर ऐक्यबद्धता जनाइसकेका छन् । मनिषा भने आज विहान घण्टीघर पुगेकी हुन् । उनले लामिछानेमाथि अन्याय भएकोले आफू हस्ताक्षर अभियानमा सरिक भएको स्पष्ट पारिन् ।
