घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज सुन २ हजार १ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो। मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *