गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियो

काठमाडौं । रसुवा जिल्लाको  गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेर हराएका दुई जनाको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो ।

सेनाले उद्धार गरेको शव नेपाल प्रहरीले बुझ्ने तयारीमा रहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *