गुठी संस्थानमा मनोनित भएका ३ सदस्यलाई काम गर्न अदालतको रोक

काठमाडौं । गुठी संस्थानमा मनोतित भएका दिपकराज पाठकसहित ३ जनालाई काम गर्न सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले गुठी संस्थानका सदस्यत्रय दिपकराज पाठक, केशरत्न बज्राचार्य र टेकराज पौडेललाई काम गर्न तत्कालीनका लागि रोक लगाएको हो। उनीहरूको योग्यतामाथि प्रश्न उठाउँदै दिपकबहादुर पाण्डेले हालेको रिटमा सर्वोच्च अदालतमा हालेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। अन्तरिम आदेशका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पाठक, बज्राचार्य र पौडललाई मन्त्रीस्तरीय निर्णयबाट अधिकारीले गुठी संस्थानको सदस्यमा मनोनित गरेका थिए। उनीहरूको योग्यता र नियुक्तिको प्रक्रियालाई लिएर सर्वोच्च अदालतमा रिट परेको हो। सर्वोच्चले रिटको सुनुवाई गर्दै तत्कालका लागि काम गर्न रोक लगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *