काठमाडौं । गण्डकी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ। अर्थमन्त्री डा.टकराज गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा चालूतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार तथा पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार र वित्तीय व्यवस्थापनको लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतको रुपमा वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, ससर्त अनुदानबाट ९ अर्ब ७९ करोड, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख, समपुरक ६३ करोड ९७ ,विशेष अनुदानबाट ४८ करोड ८६ आउने अनुमान रहेको छ । गण्डकी प्रदेश सरकार यो बजेट चालु आर्थिक वर्षको भन्दा कम हो ।