गणेश थापाद्वारा एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले उच्च अदालत पाटनमा अदालतको अवहेलना मुद्दा दर्ता गराएका छन् ।

आफूलाई साधारणसभामा सहभागी हुन रोक लगाइएको भन्दै उनले एन्फाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् । पूर्व अध्यक्ष थापालाई साधारण सभामा सहभागी हुन रोक नलगाउन अदालतले आदेश दिएको थियो ।

तर, पूर्व अध्यक्ष थापालाई साधारणसभामा प्रवेश निषेध गरिएको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले एन्फालाई सात दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *