गणतन्त्रप्रति मलाई बढि नै चिन्ता छ, यो मेरो लागि आफ्नो सन्तानजस्तै हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनको समिक्षा गर्ने बेला आएको बताएका छन् । समिक्षा गरेपछि मात्रै संविधान संशोधनबारे निर्णयमा पुग्नुपर्नेमा उनको जोड छ ।

आज (बुधबार) काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : तुलनात्मक अध्ययन पुस्तक’ पुस्तकको विमोचन गर्दै दाहालले यस्तो बताएका हुन् । देशको सफलता भनेको इतिहासको सम्मानपनि भएको उनको भनाई छ ।

उनले माओवादीले विद्रोह नगरेको भए आज महिलाहरुको प्रतिनिधित्व यो तहमा हुन नसक्ने थियो भन्ने स्मरण गराए । उनले महिला, दलित, आदिवासी, मधेशी, मुस्लिमलगायतले पाएको अधिकारमा माओवादीलाई इतिहासले सम्मान गरिसकेको बताए । गणतन्त्रप्रति चिन्ता आफूलाई धेरै रहेको उनको भनाई छ ।

उनले भने,‘अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्यले भन्नुभयो गणतन्त्रप्रति चिन्ता त प्रचण्डलाई नै बढि हुन्छ भन्नुभयो, हो उहाँले ठीक भन्नुभयो । जसले धेरै रगत, पसिना बगाएर जन्मायो, विचार, संरचना जन्मयो । यसलाई सबभन्दा बढि चिन्ता, चासो हुन्छ नै । आफ्नो बच्चाप्रति आफ्नो आमालाई जति अनुराग र अनुभूति हुन्छ, अरुलाई त्यहीस्तरको हुँदैन । अभियान चल्दाचल्दै हामी चैत्र १५ गते काठमाडौं आएका थियौं । गणतन्त्रमाथि प्रहार भएपछि प्रतिकार गरेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *