बिराटनगर। नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन्। सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन्।
उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गरे। राइले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरुबीच द्वन्द्व बढाउन लागिपरेको बताउँदै निर्वाचन हुने अवस्था आए आफूहरु निर्वाचनका लागि तयार रहेको बताए।
उनले संविधानलाई लिकमा ल्याउनका लागि संसद पुनस्र्थापना, सर्वपक्षीय सरकार, संविधान संसोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने जिकिर गरे। सचिव राईले एघारौं महाधिवेशनको क्रममा स्पष्ट दुइ प्यानलमा नेतृत्वका लागि निर्वाचन भएको भएपनि पार्टी एक ढिक्का रहेको बताए। उनले हारेकाहरुको सम्मान र जित्नेहरुलाई सहयोग गर्ने गरी पार्टी जिम्मेवारी दिने जानकारी दिए।
