बोगोटा । कोलम्बियाका राष्ट्रपति पदका एक उम्मेदवार मिगुएल उरिबको स्वास्थ्यमा पुनः गम्भीर समस्या देखिएको छ ।
उनलाई पुनः बेहोस अवस्थामा अस्पतालमा राखिएको कन्जरभेटिभ पार्टीले जानकारी गराएको छ । गत जुन महिनामा उनले एउटा चुनावी कार्यक्रममा शुभेच्छुकसँग कुरा गरिरहेको समय गोली हानी हत्या गर्ने प्रयास गरिएको थियो ।
कन्जरभेटिभ पार्टीका सिनेटर ३९ बर्षिय उरिबे राजधानी बोगोटामा समर्थकसँग कुरा गर्दै गर्दा बन्दुकधारीले उनको टाउकोमा दुई र घुँडामा एक गोली हानेका थिए ।
त्यसयता उनीसघन उपचार कक्षमा उपचाररत छन् । उनको धेरै पटक शल्यक्रिया गरिएको छ । हालैका हप्ताहरूमा उनको स्वास्थ्यमा सुधार देखिएको बताएका थिए ।
सान्टा फे फाउन्डेसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै उरिबेलाई पुनः बेहोस अवस्थामा राखिएको जनाएको छ ।
उरिबेको केन्द्रीय स्नायु प्रणालीमा रक्तस्राव भएपछि उनलाई ‘नयाँ न्यूरोसर्जिकल प्रक्रिया’ को आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ। अहिले उनको स्वास्थ्य अवस्था गम्भीर छ ।
अधिकारीहरुले आक्रमणमा संलग्न रहेको आशङ्कामा छ जनालाई पक्राउ गरेका छन् । आक्रमणमा फार्क गुरिल्ला समूहका असन्तुष्ट सदस्यहरू संलग्न रहेको आशङ्का अनुसन्धान भइरहेको छ उनीहरूले १५ वर्षीय भाडाका ‘सुटर’लाई प्रयोग गरेका दावी गरिएको छ ।
बामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले सन् २०२४ को मध्यमा भेनेजुएलामा विद्रोही समूहसँग शान्ति वार्ता सुरु गरेको थियो, तर वार्तामा खासै प्रगति हुन सकेन र त्यसपछि स्थगित गरिएको छ।
उरिबे सन् २०२६ को राष्ट्रपतीय चुनावका लागि दक्षिणपन्थी उम्मेदवार थिए । गत जुनमा भएको आक्रमणले कोलम्बियालाई स्तब्ध बनाएको थियो । आक्रमणले देशको राजनीतिक, कार्टेल र अर्धसैनिक हिंसाको रक्तरञ्जित अतीतमा फर्कने डर बढाएको छ ।
