कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *