कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । ईपीएस कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाएको जानकारी दिएको छ

जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय गरेर भाषा परीक्षामा ५३ सय हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ।

साथै कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने शाखाले जानकारी दिएको छ । परीक्षाका लागि साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

शाखाले अर्को सूचना प्रकाशित गरेर परीक्षाको तालिकाबारे जानकारी गराउने जनाएको छ भने एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने बताइएको छ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने छ ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *