कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकारहरु उपभोग गर्न सबैसँग आग्रह गरेका हुन्। “कोदोको उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं! कोदो दिवसको शुभकामना !” प्रधानमन्त्री ओलीले भनेका छन्।

“ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ। सिँचाइबिना नै उत्पादन हुनसक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवद्र्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्पष्ट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *