केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

काठमाडौँ । वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपद्बाट क्षति पुगेपछि गृहमन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।

रसुवामा बाढीका कारण नागरिक सम्र्पकविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।

भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । त्यसैगरी, गृहमन्त्रालयले आज बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुईजनाको उद्धार गरेको जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *