कृषिको आधुनिकीकरण गरी खाद्यान्न आयातको अवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्नेमा जोड दिएका छन् । दक्षिण एसियाली किसान सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा सम्लग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताएका हुन् । उनले युवाहरुलाई विदेश पलायन हुन रोकेर साना साना उद्योगमार्फत आधुनिक कृषिको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुर्पो बताए । सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान संगठनका प्रतिनिधि सहभागी छन् । दुई दिने सम्मेलनमा दक्षीण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत छलफल गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *