कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष छानबिन समिति गठन, रास्वापाले कांग्रेसको नेतृत्व नस्वीकार्ने

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको कुलिङ पिरियडमा भएको छेडखानीको विषयमा छानबिन समिति बनेको छ। अहिले समितिको संयोजक तोकिएको छैन । तर, समितिमा कांग्रेस र एमालेबाट दुई दुई जना सदस्य राखिएको छ । कांग्रेसबाट सांसदहरु जीवन परियार र सुशिला थिङ छिन् ।

एमालेबाट भने नारायणप्रसाद आचार्य र इश्वरी घर्ती छन् । माओवादी केन्द्रबाट माधव सापकोटा छन् । चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीको नाम सिफारिश गरिएको छ । रास्वपाले भने कांग्रेसको नेतृत्वमा समिति नस्विकार्ने भनेको छ । समितिलाई छानबिनको लागि तीन साताको समय दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *