कुलिङ पिरियड छलछामबारे छानबिन समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने रास्वपाको मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय निजामती सेवासम्बन्धी विद्येकमा राखिएका कुलिङ पिरियडको छलछामबारे छानबिनको लागि बनाईने समितको नेतृत्व कांग्रेसलाई दिन नहुने भनेको छ । यसअघि छानबिन समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको कुरा बाहिर आएको थियो । तर, रास्वपाले भने यो नमान्ने भनेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राखेको आजको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले छानबिन समितिको नेतृत्व गर्न नहुने मत राखेका छन् । उनले राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने माग गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *