किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर। वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ ।

यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो ।

किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक÷एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए।

जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो । हरित क्षेत्रको विकासँगै किसानलाई आर्थिक रुपमासमेत टेवा पु¥याउने लक्ष्यले विभिन्न कार्यक्रममार्फत किसानलाई बिरुवा वितरण गरिरहेका अधिकृत अधिकारीको भनाइ छ ।

दिङ्ला, याकु, बालाङखा र जिल्लामा सञ्चालनमा रहेका नर्सरीबाट असार र साउन महिनामा ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिए।

“हामीले वन क्षेत्रको विकाससँगै यसबाट किसानलाई आयआर्जन हुने खालका कार्यक्रममा जोड दिएका छौँ” उनले भने,“हामीले हालसम्मका साढे आठ हजार बढी बिरुवा वितरण गरिसकेका छौँ । ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएका छौँ ।”

राष्ट्रिय वृक्षरोपण दिवश २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा पौवादुङमा गाउँपालिका तथा विभिन्न स्थानमा बिरुवा रोपण कार्यक्रम भइरहेको कार्यालयले जनाएको छ ।

स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वन पैदावार व्यवसायी सङ्घ, सरोकारवाला, संस्थाका प्रतिनिधिको सहभागितामा भोजपुर नगरपालिका– ५ मा रहेको भकिम्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । यो कार्य निरन्तर रुपमा अघि बढाइने कार्यालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *