कान्तिलोकपथ सडक सञ्चालन

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सडक अवरुद्ध थियो । सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *