कानूनको दूरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण भयो : सोविता गौतम

काठमाडाैँ । रास्वपा नेतृ सोविता गौतमले नेपाली जनतामा रास्वपाको चर्चा बढेपछि यसलाई गलाउन, थकाउन र राजनीतिमा स्थापित हुन नदिनको लागि मुद्दालाई हतियार बनाएर कानूनलाई दूरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण गरिएको बताइन् ।

शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा बाेल्दै उनले भनिन्, ‘सही बाटो हिड्न सहज छैन् । हामीलाई प्रहारहरु हुन्छन्, त्यो कसरी हुन्छ भन्ने कुरामा उदाहरण रवि लामिछाने नै हुनुहुन्छ । रास्वपाले नेपाली जनताको कुरा उठाउन थालेपछि र जनतामा रास्वपाको चर्चा हुन थालेपछि राष्ट्रिय राजनीतिमा स्थापित दलहरुलाई चुनौती महशुस भयो र उहाँहरुले अब रवि लामिछानेलाई गलाउन, थकाउन र राजनीतिमा स्थापित हुन नदिनको लागि मुद्दालाई हतियार बनाएर कानूनलाई दूरुपयोग गरेर आक्रमण गर्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *