कानुनी छिद्रा टेकेर अमात्यले कहिलेसम्म आइएसएमटीको जमीन हडप्ने ?

काठमाडौं । नाम चलेका उद्योगपति पियुषबहादुर अमात्यको बलमिच्याईं र दादागिरीले काठमाडौंस्थित इन्टरनेशनल स्कूल अफ म्यानेज्मेण्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) ले अनावश्यक झन्झट व्यहोर्नु परेको छ । आइएसएमटीको जग्गा मिचेर घरको पर्खाल बनाएका उद्यमी अमात्यले ठाउँ–ठाउँबाट मुद्धा हार्दासमेत कानुन हातमा लिएर कानुनीराजलाई नै चुनौति दिएका छन ।

आइएसएमटीको जमिन मिचेर अमात्यले बनाएको पर्खाल भत्काउन दिएका आदेश लत्याउने अमात्य शैली अति हुदै गएको छ ।
काठमाण्डौं महानगरको न्यायिक समितिले जग्गा विवाद सम्बन्धी मुद्दामा मेयर बालेन साहको इजलासले गत वैशाख ११ गते पर्खाल भत्काउन आदेश दिएको थियो । सोही आदेश अनुसार महानगर प्रहरीले अमात्यको घरसमेत जोडिएको पर्खाल भत्काएको थियो ।

महानगरका मेयर साहको आदेश बिपरित पुनः उद्यमी अमात्यले महानगरकै प्रमुख कार्यकारी अधिकृत सरोज गुराइगाई मार्फत उक्त आदेश विपरित पर्खाल नभत्काउन चलखेल गरेका छन । अमात्यले कार्यकारी प्रमुख गुरागाईं मार्फत आफ्नो प्रहरी बललाई अर्को लिखित आदेश दिन लगाएर अर्को झमेला थपेका छन ।

महानगरमात्र होइन अमात्यलाई उच्च अदालत पाटनले पनि जग्गा कलेजकै स्वामित्वमा रहेको भन्दै मुद्धा हराइसकेको छ । अमात्यले दर्ता गरेको निषेधाज्ञाको रिट २०८१ साल असोज १५ गते न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले खारेज गरेको थियो । रिट खारेज भएपछि कलेज महानगरपालिकाको न्यायीक समितिमा गएर पर्खाल भत्काउन माग गर्दै निवेदन दिएको थियो । न्यायीक समितिले पर्खाल भत्काउन आदेश दिएको थियो ।

सोही आदेश अनुसार महानगर प्रहरीले अमात्यको काठमाडौं १०, नयाँ बानेश्वरमा रहेको घर अगाडिको पर्खाल भत्काएको थियो । अमात्य र उनका छिमेकीले पर्खाल भत्काउन आएको महानगरको टोलीमाथि ढुङ्गामुडा गरेपछि डोजरपछि हटेको थियो । यसअघि अमात्य महानगरपालिकाको आदेशविरुद्ध काठमाडौं जिल्ला अदालत गएका थिए । अदालतमा उक्त मुद्धा विचाराधिन रहेको छ ।

काठमाडौं महानगरले पर्खाल भत्काएपछि अमात्य पुनः उच्च अदालत पाटन गएका छन् । दोश्रो पटक निषेधाज्ञाको माग गर्दै उनी उच्च अदालत गएका हुन् । अमात्यले ४२ वर्षअघि वि.सं. २०४० सालमा बनाइएको घर भिरालो जग्गामा रहेकाले सुरक्षाको निम्ति छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा किनेर पर्खाल निर्माण गरेको दावि गरेका छन् । उनले जग्गा किनेको बताएपनि उनीसँग जग्गा किनेको कुनै प्रमाण छैन् ।

बकाइदा लालपुर्जा रहेको उक्त जग्गा आइएसएमटीले किनेको थियो । उक्त जग्गा भोगचलन गर्न नपाएपछि कलेज समस्यामा परेको छ । उद्योगपति अमात्यको काठमाडौंदेखि पोखरासम्म थुप्रै व्यवसाय रहेको छ । यस्ता यस्तै विवाद झिकेर बलमिच्याईं गर्ने वानीले उनी समस्यामा पर्दै आएका छन् । जग्गा विवादकै कारण उनको पोखराको व्यवसाय लगभग डुबेको छ भने बैंकको ऋण तिर्न उनलाई हम्मेहम्मे परेको छ ।

आइएसएमटी जस्तो पवित्र शैक्षिक संस्थाको लालपूर्जा भएको जमिन उद्यमी अमात्यले शक्तिका आडमा हत्याउने प्रपन्चको सर्वत्र विरोध भैरहेको छ । कानुनी छिद्रमा टेकेर आइएसएमटीको जग्गा हडप्ने अमात्यको शैलीलाई महानगरको डोजरले समेत रोक्न नसक्नुले उनको शक्ति खेललाई उजागर गरेको छ । कानुनी छिद्रा टेकेर अमात्यले कहिलेसम्म आइएसएमटीको जमीन हडप्ने हुन ? सरोकारवाला निकायले छिटो वारपार गरिदिनुपर्ने देखिएको छ ।

 

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *