काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । महानगरको १७औं नगरसभामा महानगरको बजेट प्रस्तुत गरिएको हो ।
काठमाडौं महानगरको चालू आर्थिक वर्षको बजेट २४ अर्व ९० करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको थियो । ‘अगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैंङ्क मौज्दात गरी कुल २० अर्व १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ,’– उपप्रमुख सुनिता डङ्गोलले बजेट भाषणका क्रममा भनिन् ।
