काठमाडौंबाट करिब २५ करोड नगदसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो परिमाणमा नगदसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले २५ करोड रुपैयाँबराबरको रकम बरामद गरेको हो । ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकममा नेपाली, अमेरिकी डलर र युरोलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *