कांग्रेस संसदीय दलको बैठक शनिबार

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ । काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए । बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *