कांग्रेस शीर्ष नेतृत्वसँग देउवा छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका छन्। उनीहरूबीचको छलफल अहिले देउवा निवास बूढानीलकण्ठमा जारी छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सहभागी छन्।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ। बैठकमा कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार ठहर गरेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे छलफल हुने बताइएको छ।

समितिले नैतिक जिम्मेवार ठहर गरेसँगै खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग पार्टीभित्र र बाहिरबाट उठिरहेको छ।

गत बुधबार डिसी नेपालसँग कुरा गर्दै कांग्रेस नेता डाशेखर कोइरालाले पनि खडिवडाले पदबाट राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रस्त गर्नुपर्ने बताएका थिए। उनले अनुसन्धानका क्रममा निर्दोष ठहर भए पुन: जिम्मेवारीमा फर्किने बाटो खुला नै रहने धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *