काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । अहिल बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका अजेन्डाका विषयमा छलफल हुने जनाईएको छ ।
यस्तै, बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । कांग्रेसको सोमबार सुरु हुने केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने बताइएको छ ।
