काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिका प्रमुख रामपुकार साह घुससहित पक्राउ परेका छन् । साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले एकलाख घुस रकमसहित पक्राउ गरेको हो ।
मेयर साहले उपभोक्ता समितिलाई दिइएको भुक्तानीबाट एक लाख घुस लिएको बताइएको छ ।
