काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राहदानी रोक्का र स्थानहदविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालको यही कात्तिक १२ मा दर्ता भएको रिटमा अन्तरिम आदेश मागिएको थियो । तर, न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।
जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसमा सरकारले पाँच जनाको राहदानी रोक्का गर्दै सरकारको अनुमतिबिना काठमाडौं उपत्यका छोड्न नमिल्ने गरी स्थानहद तोकेको थियो ।
