ओली र देउवाबीच महाराजगन्जमा भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ ।

महाराजगन्जमा दुई नेताबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्चमा रिट लैजाने अन्तिम तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *