काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन्।
प्रचण्ड अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन्।
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिए पनि प्रचण्ड उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै बालुवाटारमा छलफलमा जुटेको बताइएको हुन्।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ।