ओलीको कटाक्ष : वडाध्यक्ष हुन्छु भन्ने सपना नदेखेका मन्त्री छन्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूप्रति कटाक्ष गरेका छन् । शुक्रबार शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले वडाध्यक्ष नै बन्ने सपना नबोकेकाहरू मन्त्री बनेको टिप्पणी गरे ।

“वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको छ । कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार,” उनले भने ।

ओलीले सरकारले देशका लागि काम नगरेको आरोप लगाए । उनले देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे ।

“पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ?,” उनले प्रधानमन्त्री कार्कीलाई सोधे ।

विभिन्न कम्पनीलाई कर छुट गरेर भष्ट्राचार भइरहेको उनले आरोप लगाए । उनले देश बनाउँछु भनेर संकल्प गरेका त भ्रष्टाचारमा डुबेको भन्दै कमिटमेन्ट नै नभएकाहरू सरकारमा रहेका बेला के होला भनि प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *