ओमान एयरद्वारा चार देशका उडान स्थगित

काठमाडौँ । कतारमा भएको आक्रमण पछि ओमान एयरले चार देशका उडानहरू अस्थायीरुपमा बन्द गरेको छ । 

एयरले एक सूचना जारी गर्दै पछिल्लो क्षेत्रीय घटनाक्रमलाई ध्यानमा राख्दै मनामा, दुबई, दोहा र कुवेत जाने र त्यहाँबाट फर्किने सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जानकारी दिएको हो । एयरलाइन्सका अनुसार अन्य गन्तव्यतर्फका उडानहरू पनि लामो मार्ग प्रयोग गर्नु पर्ने भएकाले ढिलो हुन सक्ने जनाएको छ।

साथै एयरलाइन्सले यात्रुहरूलाई आफ्नो उडान स्थिति वेबसाइट मार्फत जाँच गर्न आग्रह गरेको छ।

यसअघि काठमाडौँ त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाको लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ। काठमाडौँबाट ६ः३३ मा उडेको विमान कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेसँगै मस्कटमा अवतरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *