एमाले सचिवालय बैठक : बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि लगाएको निलम्बन फुकुवा

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ ।

आज (बुधबार) बसेको सचिवालय बैठकले यसअघि एमाले नेतृहरु बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । उनीहरुमाथि पार्टीको सचिवालय बैठकमार्फत नै निलम्बन लगाईएको थियो ।

तर, आज बसेको बैठकले उनीहरुमाथिको निलम्बन फुकुवा गरेको हो । पार्टी कार्यालय बनाउनको लागि व्यवसायी मीनबहादुर गुरूङसँग दान लिएको विषयमा उनीहरुले आलोचना गरेका थिए । यस्तै, आजको बैठकले सरकारका एक वर्षको समिक्षासमेत गरेको छ ।

बैठकले सरकारको एक वर्ष प्रभावकारी काम भएको निश्कर्ष निकालेको छ । सरकारको कामलाई लिएर पार्टीले सन्तोष मानेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णय सुनाउने क्रममा दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *