एमाले महाधिवेशन : मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका थियो । तर, प्राविधिक तयारी नपुगेको भन्दै आज हुने भनिएको मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिलाई भोलि बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।

एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *