एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले भोलि (बिहीबार) को लागि सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजै पार्टी मुख्यालयमा बस्नेगरि सचिवालय बैठक बोलाईएको हो ।

साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीको सन्दर्भमा बैठक बोलाईएको प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिए ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा रहेको सनराईज हल विद्यान महाधिवेशन गर्ने भएको छ । विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमालेमा ध्रुवीकरण सुरु भएको छ ।

एकथरीले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढि नेतृत्वमा बस्न नपाउने प्रावधानको वकालत गरेका छन् भने अध्यक्ष केपी शर्मा ओली पक्षधरले भने उमेरहदको प्रावधान खारेज भैसकेको दाबी गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *