एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।

बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन्। जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्नेत छन्। उनले १५४४ मत प्राप्त गरेका छन्। पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन्।

छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *