एनपीएल अक्सनः ८ टोलीमा ३७ खेलाडी अनुबन्ध

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका अक्सनको सकिएको छ। शनिबार भएको अक्सनबाट एनपीएलमा सहभागी हुने ८ टोलीले ३७ खेलाडीलाई अनुबन्ध गरेका छन्।

दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ। उनीहरुले जनही रु १५ लाख प्राप्त गर्नेछन्। देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने भएका छन्।

यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही रु १० लाखमा अनुबन्ध गरेको छ।

यस्तै मयन यादवलाई जनकपुर बोल्टस्ले रु ७ लाख ५० हजारमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ। यसैगरी नारायण जोशी, साहिल पटेल र शंकर रानालाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेल र दुर्गेश गुप्तालाई लुम्बिनी लायन्सले तथा आदित्य महता र विकाश आग्रीलाई जनकपुर बोल्टसले, दिपक बोहोरा र मिलन बोहोरालाई सुदुरपश्चिम रोयल्सले र बिपिन रावललाई चितवन राइनोजले जनही रु ५ लाखमा अनुबन्ध गरेका छन्। काठमाण्डु गोर्खाजले उत्तम थापा मगरलाई रु ३ लाखमा अनुबन्ध गरेको छ।

यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, अभिशेख तिवारी, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्रीलाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले, इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले, आदिल खानलाई लुम्बिनी लायन्सले, बिपिन आचार्य र रन्जित कुमारलाई चितवन राइनोजले तथा श्रावण किस्कुलाई विराटनगर किंग्सले जनही रु दुई लाखमा अनुबन्ध गरेका छन्।

एनपीएलको आजको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए। दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *