एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन् ।

उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टोलीलाई शुभकामना दिँदै यस प्रतियोगिताले सिंगो देशलाई जिताएको र जगाएको उल्लेख गरेकी छन् ।

उनले एनपीलले सारा नेपालीलाई एउटै भावनामा जोड्न सफल भएको बताउँदै, सुरक्षा सम्बन्धी आशंका चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर पुगेको उल्लेख गरेकी हुन् ।

उनका अनुसार खेल केवल जित–हारमा सीमित नभइ राष्ट्रिय एकता, आत्मविश्वास र सम्भावनाको प्रतिक बनेको छ । उनले एनपीलको सफल आयोजनाका लागि आयोजक, खेलाडी, सुरक्षाकर्मी र खेलप्रेमी सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *