एक लाख भन्दा बढी अफगान शरणार्थी घर फर्किए

अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापन मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार पछिल्ला ४२ दिनमा एक लाख ७० हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो देश फर्किएका छन् ।

“सन् २०२५ अप्रिल १ देखि मे १२ सम्म जम्मा एक लाख ७० हजार ९३७ शरणार्थीहरू अफगानिस्तान फर्किएका छन्, जसमध्ये एक लाख २८ हजार ४८ पाकिस्तानबाट र बाँकी ईरान तथा टर्कीबाट फर्किएका हुन्,” स्थानीय सञ्चारले बिहीबार राति जनाएको छ ।

साथै, पाकिस्तानले उक्त अवधिमा तीन हजार ३७२ अफगान नागरिकहरूलाई जेलबाट रिहा गरी आफ्नो देश फर्काएको जानकारी पनि दिइएको छ । गत एक वर्षमा करिब २० लाख अफगान शरणार्थी, मुख्यतया पाकिस्तान र ईरानबाट, अफगानिस्तान फर्किसकेका छन् र यो प्रक्रिया निरन्तर चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *