काठमाडौं । एक किलो एक सय ६० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिला पक्राउ परेकी छन् । एयर अरेबियाको उडानमाफर्त दुबईबाट आएकी मिना सुर्जित सिंह खेमानी सुनसहित पक्राउ परेकी हुन् ।
उनले मदद्वारमा लुकाएर सुन ल्याएको बताइएको छ । मलद्वारभित्र कालो पलाष्ट्रिकले बेरेको अवस्थामा उनले तीन वटा डल्ला बनाएर सो सुन ल्याएकी थिईन् । विमानस्थल सुरक्षा संयन्त्रले चेकजाँचको क्रममा सो सुन फेला पारेको हो