पाेखरा।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको आयोजनामा ३ दिने उद्धघोषण तालिम सम्पन्न भएको छ । गएको मंसिर २९ गतेबाट पुस २ गते सम्म तालिम सञ्चालन भएको एक्यापले जनाएको छ ।
२० जनाको सहभागिता रहेको तालिममा कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ मा रहेर बिभिन्न सघंसस्थामा आबद्ध ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
तालिमको प्रमुख प्रशिक्षक फ्रिडम ट्रेनिङ्ग सेन्टर प्रा.लिका बिनोद पहारीले गर्नुभएको थियो । प्रमुख प्रशिक्षक पहारीले तालिम पश्चात सिकेका कुराहरुलाई ब्यबाहारमा लागु गर्न आग्रह गर्दै तालिमलले प्रशिक्षार्थीहरुमा आमुल परिर्वतन आएको उल्लेख गरे ।
तालिममा मादी गाउँपालिका प्रमुख देविजङ गुरुङ लगाएत अन्य बिशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।



