एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ ।

शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबीच एकता भएको घोषणा गरेको हो ।

समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए ।

उनले पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको बताए ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थिति नेता तथा कार्यकर्ताहरू निकैबेर हुटिङ गरेका थिए । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *