एकीकृत समाजवादीको स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने मिति परिवर्तन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठकको मिति परिवर्तन गरिएको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले सूचना जारी गरेर पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिए ।

स्थायी कमिटी र पोलिटब्यूरोको बैठक क्रमशः आगामी भदौ २५ र २६ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । चाँडबाँड र विभिन्न पर्वहरु परेका कारण मिति परिवर्तन गरिएको बताइएको छ ।

त्यस्तै केन्द्रीय कमिटी बैठक भदौको २७ र २८ गते बस्ने भएको छ । बैठकको स्थान पछि तोकिने महासचिव भूसाले जारी गरेको सूचनामा उल्लेख छ । सबै बैठक बिहान ११ बजे सञ्चाल हुनेछ । यसअघि स्थायी कमिटी, पोलिटब्युरोको बैठक भदौ ४, ५ र केन्द्रीय कमिटीको बैठक ७-८ गते बस्ने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *