एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, जनतालाई आतङ्कित पार्ने गतिविधि निस्तेज पारिने

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार आइतबार बसेको बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ ।

बैठकले निर्वाचनमा सुरक्षा निकायलाई कसरी परिचालन गर्ने विषय योजना बनाउदै सुरक्षा निकायले संवेदनशील क्षेत्र, सीमा सुरक्षालगायतका विषयमा विभिन्न योजना बनाएको छ ।

त्यस्तै निर्वाचनका लागि तीन तहमा सुरक्षा योजना बनाइएको छ भने निर्वाचन पूर्वको तयारी, निर्वाचनका दिन गर्ने तयारी र निर्वाचन पछि गरिने तयारीहरू समेटिएको बताइएको छ ।

उनले हिंसा भड्काउने र जनतालाई आतङ्कित पार्ने गतिविधिहरूलाई निस्तेज गर्नका लागि कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय भएको बताए ।

त्यस्तै बैठकले नेपाली सेना परिचालनका विषयमा पनि छलफल भएको र त्यसका लागि राष्ट्रिय सुरक्षा परिषद्‍ र रक्षा मन्त्रालयका सिफारिसका लागि पत्र पठाइएको छ ।

त्यस्तै निर्वाचन केन्द्रित सुरक्षा योजनाका लागि सातवटै प्रदेशमा गोष्ठी गरिने भएको छ।  मंसिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय गोष्ठी सुरू हुने प्रवक्ता काफ्लेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *