ऋषिकुल फाउण्डेशन र ब्रेकथ्रु लाइफको आयोजनामा नेतृत्व विशेष कार्यक्रम सम्पन्न

काठमाण्डौं । शुक्रबार काठमाडौंमा ‘Grow Your Sales 10X’ नामक नेतृत्व विशेष कार्यक्रम सम्पन्न भएको छ । ऋषिकुल फाउण्डेशन र ब्रेकथ्रु लाइफले आयोजना गरेको विशेष कार्यक्रममा चर्चित मोटिभेसनल स्पिकर, सेल्स कोच तथा लेखक सन्तोष लामाले प्रशिक्षण दिएका थिए ।

धुम्बाराही स्थित रमादा होटलमा आयोजित कार्यक्रमका देशभर बाट ७० जनाको सक्रिय सहभागिता रहेको थियो । भीआइपी इभेन्ट्सले व्यवस्थापन गरेको कार्यक्रम ११ बजे बाट सुरु भएर साँझ ७ बजेसम्म चलेको थियो । कार्यक्रमलाई झण्डै एक दर्जन संघसंसस्थाले संयोजन र सहकार्य गरेको थियो ।

व्यवसाय गरिरहेका र गर्न चाहनेहरुको लागि कार्यक्रम निकै प्रभावकारी रहेको थियो । आफुले व्यवसाय वृद्धिका लागि प्रभावकारी बिक्री रणनीति र नेतृत्व विकासका लागि धेरै महत्पूर्ण कुराहरु सिक्ने मौका पाएको प्रशिक्षणमा सहभागी तुम्सिङ तारा मगरले बताए । कार्यक्रमको अन्त्यमा गोलाप्रथा बाट ३ जना भाग्यशाली व्यक्तिहरुलाई विभिन्न प्याकेजहरु पनि प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *