ऊर्जा मन्त्री खड्काले राज्यमन्त्री गर्बुजालाई मन्त्रालयमा गरे स्वागत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवनियुक्त राज्यमन्त्री खमबहादुर गर्बुजालाई मन्त्रालयमा स्वागत गरेका छन्। आइतबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री खड्काले सहकार्य, पारदर्शिता र जबाफदेहीताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने दृढ संकल्प व्यक्त गरेका छन्। मन्त्री खड्काले राज्यमन्त्री गर्बुजाको अनुभव र क्षमता ऊर्जा सुरक्षा सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र सिँचाइ सुविधा विस्तारमा महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। “मन्त्रालयको कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन उहाँको योगदान अमूल्य हुनेछ,” मन्त्री खड्काले भने। उनले राज्यमन्त्रीलाई सफल कार्यकालको शुभकामना पनि दिए। नवनियुक्त राज्यमन्त्री गर्बुजाले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा वैशाख १७ गते गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *